FAQs Complain Problems

फेदाप गाउँपालिकाकाे संक्षिप्त परिचय

फेदाप गाउँपालिका १ नम्बर प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपुर्वी भागमा अवस्थित गाउँपालिका हो। नेपाल संघिय शासन प्रणालीमा प्रवेश गर्दा राज्य पुनरसंरचना गरी स्थानीय तहको निर्माण गर्दा साविकमा रहेका तेह्रथुम जिल्लाको ५ वटा गाविसहरु (सिम्ले,ओयाक्जुङ,जलजले,सम्दु र इसिवु) सामावेश गराई यो फेदाप गाउँपालिकाको स्थापना भएको हो । यो गाउँपालिकामा लिम्बु, राई, तामाङ, क्षेत्री, दमाई, कामी, सार्की, भुजेल, जोगी, सन्यासी, पुरी, माझि, मगर आदि जातिको वसोवास रहेको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल ११०.८३ गर्व किमी छ भने कुल जनसंख्या १७६०० (स्रोत जनगणना २०६८) रहेको छ ।