FAQs Complain Problems

समाचार

फेदाप गाउँपालिकाकाे संक्षिप्त परिचय

 नेपालको १ नम्बर प्रदेश अन्तर्गत  ६ जिल्ला हरु मध्येको एक तेह्रथुम जिल्ला साबिकका ५ गाउबिकास समितिहरु सिम्ले,जलजले,ओयाक्जुङ,सम्दु र ईसिबुको संयोजना भई  फेदाप गाउपालिका २०७३/११/२७ मा नेपाल राजपत्रमा प्रकाशित सुचना बमोजिम गठित एक स्थानिय तह हो। भौगोलिक रुपमा बिकट र दुर्गम भएता पनि फेदाप गाउपालिकाको भौगोलिक, ब्यबसायिक, वाताबरणीय, धार्मीक,एेतिहासिक,पर्यटकिय लगायतका बिभिन्न बहु आयमिक पक्षहरुबाट महत्वपुर्ण पहिचान रहेको छ । स्थानिय लिम्बु जातिहरुको मान्यता अनुसार "१० लिम्बुवान, १७ थुम " मध्ये एक "फेदाप" रहेकोले एेतिहासिक रुपमा यस गाउपालिकाको नामा "फेदाप" रहन गएको हो। नेपालको जनगणना २०६८ अनुसार १७७०० जनसंख्या रहेको यस गाउपालिकाका मुख्य उत्पादनको रुपमा अलैंचि, अदुवा, धान, आलु, मकै, फापर, कोदो, तोरी रहेका छन भने  उच्च भु-भागमा अति मुल्यवान र महत्वपुर्ण जडिबुटी जस्तै चिराइतो, मजिटो आदी पाइन्छ ।