सुचना तथा समाचार
फेदाप गाउँपालिकाकाे संक्षिप्त परिचय
फेदाप गाउँपालिका १ नम्बर प्रदेश अन्तर्गत तेह्रथुम जिल्लाको मध्यपुर्वी भागमा अवस्थित गाउँपालिका हो। नेपाल संघिय शासन प्रणालीमा प्रवेश गर्दा राज्य पुनरसंरचना गरी स्थानीय तहको निर्माण गर्दा साविकमा रहेका तेह्रथुम जिल्लाको ५ वटा गाविसहरु (सिम्ले,ओयाक्जुङ,जलजले,सम्दु र इसिवु) सामावेश गराई यो फेदाप गाउँपालिकाको स्थापना भएको हो ।
१ . भौगोलिक तथा प्राकृतिक विशेषता :
यो गाउँपालिकाले  करिब ११०.८३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। हिमाली तथा पहाडी भूभाग समेट्ने यस क्षेत्रमा विविध प्राकृतिक स्रोतहरू पाइन्छन्। ह्यात्रुङ झरना, कुम्भकर्ण हिमालको दृश्यावलोकन, र ऐतिहासिक औशी बजार यहाँका प्रमुख आकर्षणहरू हुन्।
२.जनसंख्या तथा सामाजिक संरचना:
२०७८ सालको जनगणना अनुसार फेदाप गाउँपालिकाको जनसंख्या १५,१६९ रहेको छ। यहाँ लिम्बु, राई, तामाङ, क्षेत्री, दमाई, कामी, सार्की, भुजेल, जोगी, सन्यासी, पुरी, माझि, मगर  लगायत विभिन्न जातीय समुदायहरूको बसोबास रहेको छ। यी विविध समुदायहरूले आ-आफ्ना भाषा, धर्म, परम्परा, र संस्कृतिको संरक्षण गर्दै आएका छन्।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
